ऑधीमूलमा सेना र स्थानीयको सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑधीमूलमा सेना र स्थानीयको सरसफाई

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७९, शनिबार

    दमौली । आँबुखैरेनी गाउँपालिका-१ मा रहेको धार्मिक स्थल ऑधीमूल मन्दिर परिसरमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशीको दिन मेला भर्न आएका भक्तजन र दर्शकहरुले प्रयोग गरेका फूल, टपरी प्रयोग सकिएको पूजा सामग्री, प्लाष्टिकजन्य, सिसाजन्य लगाएत फोहोरलाई सरसफाई गरी चिटिक्क पारिएको छ ।

    गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, वडा नं.१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको ६८ जनाको टोली, वडा सदस्य कुमार मगर, ऑधीमूल मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगर लगायत स्थानीयको सहभागितामा सरसफाई गरिएको हो ।

    मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी पर्वको दिन नौ वटा फूलको डोली तारिएको थियो । मनले चिताएको पूरा गर्ने देवीको रुपमा मानिदै आइएको आँधीबाराही देवीको मन्दिरमा जिल्लाका विभिन्न स्थानबाट बाजागाजा सहित ल्याइएको फूलको डोली तारिएको हो ।