ग्यापुले सुरु गर्‍यो हजारमा बजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यापुले सुरु गर्‍यो हजारमा बजार

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७९, बिहीबार

    काठमाडौ । नेपाली इ कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ । 

    हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन् ।

    यो योजना कार्तिक २५ गतेदेखि सुरु भइ लामो समय सम्म चल्ने बताइएको छ ।

    लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ । 

    ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।