निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन (भिडियो)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन (भिडियो)

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७९, मंगलवार

    काठमाडौ । निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो मार्फत स्थिर समयलाई स्पष्ट बनाएका छन् ।

    आयोगको आचारसंहिता अनुगमन समितिका केन्द्रीय संयोजक समेत रहनु भएका आयुक्त भण्डारीले १७ दिन प्रचारप्रसारका लागि समय दिएकाले त्यसपछि स्थिर समय लाग्ने र यसमा कुनै पनि कानुनले तोकेको भन्दा अन्य गतिविधि गर्न नपाइने बताए ।

    निर्वाचनमा स्थिर समय भनेको के हो ? यो कहिले बाट सुरु हुन्छ ? र स्थिर समयमा के गर्न पाइन्छ, के गर्न पाइँदैन भनी स्पष्ट रूपमा भिडियो मार्फत जानकारी गराएका छन् ।

     कानुनले निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडी देखि पूर्ण रूपमा निषेध गरेको छ । आयोगले मङ्सिर १ गते राती १२ बजे देखि सम्पूर्ण प्रचारप्रसारका काम बन्द हुने भएकाले यो समयलाई स्थिर समयको रूपमा लिएको बताए ।