गण्डकी स्वास्थ्य मन्त्रालयको टोलीद्वारा ऑबुखैरेनी अस्पताल निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकी स्वास्थ्य मन्त्रालयको टोलीद्वारा ऑबुखैरेनी अस्पताल निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७९, बिहीबार

    दमौली । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले ऑबुखैरेनी अस्पतालको निरीक्षण गरेको छ । मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेको नेतृत्वमा बिहीबार ऑबुखैरेनी अस्पतालको निरीक्षण गरिएको हो ।

    टोलीमा राष्ट्रिय स्वास्थ तालिम केन्द्रका वरिष्ठ स्वास्थ प्रशासक डा. माधव प्रसाद लम्साल पनि सहभागी थिए ।

    सो क्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्वास्थ क्षेत्रमा पालिका र पालिकाका नागरिकका निमित्त मेघा प्रस्ताव राखेका थिए । मन्त्रालयबाट आएको सचिव स्तरीय टोलीले गाउँपालिकाका अध्यक्षले राखेको प्रस्ताव पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।