यो आन्दोलनको गम्भीर समिक्षा गर्ने बेला हो, सरापले भट्टि भट्टिमा कुर्लने बेला होइन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    यो आन्दोलनको गम्भीर समिक्षा गर्ने बेला हो, सरापले भट्टि भट्टिमा कुर्लने बेला होइन !

    श्रीराम कार्की

    १९ पुष २०७९, मंगलवार

    त्यही सराप त हो सराप हाल्दा हाल्दै
    हत्यारा र ज्यानमाराको जघन्य
    बिल्ला र आरोप
    लाउदा लाउदै,

    बालुवाटार बाट फुत्त बालकोट पुगेर
    रातो कारपेटमा भव्य स्वागत गरेको
    यो बार्तलीमा स्वागत गर्ने बेला हो !
    किन खप्रओ , माकुने र झनख
    बार्हखरी घोक्छौ र लेख्छौ तिम्रा वालहरु
    अनि कति हान्छौ साईवर तालिको प्याटप्याट !
    हेर त बालकोट बाट सिंहसनमा फुलमाला पहिरिएको
    दुई पाईलोट्ले दुर्घटना बनाएको जहाज लाई
    फेरि मिलेर हात ठडाउदै चलाएको !
    हिजो महाकालीको पानीमा संगसंगै
    डुबुल्की मारेर नुहाएका एक जोडि
    ती लालजोडि!!
    संसद र संबिधानको बुझाईमा जाईकाटी टुटे
    परिस्थिति र परिघटनाले बाटोमा भंगालो छुटे!
    आ आफ्नै रस्ता खन्दै खन्दै केही पर पुगे भन्दैमा
    बिहान भालेको डाको संगै मध्यरात सम्म
    अनिदो बसेर कति सराप हाल्छौ हे पट्टुहरु!
    गोवन र कोब्रा बनेर डस्ने सपना छोड!
    ढाडे बिरालो बनेर चुलोमा अगेनो नकुर!
    अमिलेका र धमिलिएका मनहरु मिलाउ
    बर्गिय भावनाका डोरीहरु कसिलो बनाउ!
    झर्छ र खाउला वा भागै खोसिन्छ कि भनेर
    भुतुक्क बनेर डाहाले नरोउ !!
    भोलि बिहान आउँछ हेर उज्यालो हुनेछ!
    त्यसपछि तिमिले सराप्दै लेखेका स्टाटशरु.
    आफ्नै आँसु हातहरुले पुछ्दै धुनेछ !!
    आवश्यकता उसको पनि हो
    आवश्यकता तिम्रो पनि हो!
    पसिना उसको पनि बगेको हो
    पसिना तिम्रो पनि बगेको हो!
    हेक्का राख मित्र !
    आन्दोलनको घर बनाउन कठोर
    निरंकुशताको यातनाको भुमरीमा
    गाउँबस्ती जगाउदै भुमिगत पार्टी
    संगठन उसले कठिन पैतला फटाएर
    बनाएको हो ! कठिन संघर्षले बनाएको हो !
    मन मिलेको दिन आउँछ हरहर सुगन्ध
    सराप हालेको दिन गनाउछ तिम्रो दुर्गन्ध !
    कति हाल्छौ सराप तिमी
    भुतुक्कै आरिसले !
    पुन:जागृत बनेर हेर
    खोलामा पानी धेरै बगिसक्यो !
    बामपंथी होऔ भने पक्ड बाटो बामपंथको!
    समाजवादी होऔ भने पक्ड बाटो समाजवादको!
    हेर र पर्ख ढुक्ने होइन बन स्पष्ट रेखा कोरेर
    आउ हात समाउ आपसी अहंकार छोडेर!
    यो पुनःस्थापनको आन्दोलन बेला हो
    बिन्तिपत्रको गुहार माग्ने बेला होइन !
    आँखा खोलेर हेर , कान खोलेर सुन!
    ए सच्चा क्रान्ति योद्धाहरु हो !
    सच्चा कम्युनिष्ट पाठशालाका सिंपाहिहरु हो
    यो बेला एकताको हुङ्कार गर
    माखापित्ते चित्तको गफ नगर !!
    हजुर बा पछि बा जन्मेका हुन
    बा पछि तिमी हामी !
    हजुर आमा पछि आमा जन्मेकी हुन
    त्यसपछि बल्ल तिमी र हामी !
    के को हुटिट्याङ्गले आकास धान्ने कुरा गर्छौ
    आरिसले भुतुक्कै भएर तिमी किन मर्छौ ?
    नवीन रेखा कोर उज्यालो तर्फ
    छोड बक्ररेखामा बस्ने तर्फ !
    हिजो शिक्षा भयो आज हिड्नुछ ,
    भोलिको लागि केवल भोलिको लागि !
    आउ समाउ हातहरु गरौ हातेमालो
    जोडौ फेरि सबै कुरा भुलेर हाम्रो अंगालो !!