दीपक मनाङेले भने : मेरो समर्थन एमालेलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दीपक मनाङेले भने : मेरो समर्थन एमालेलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।

    पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

    मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    तर, यसअघि सत्ताकाे खेलमा कहिले एमाले त कहिले कांग्रेसी गठबन्धनमा गरेर ३ पटक खेलकुद मन्त्री बनेका थिए । कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेकाे घाेषण गर्दै आफ्नाे अन्तिम पार्टी भएकाे बताएका थिए ।