माओवादीमा राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादीमा राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७९, सोमबार

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको छ । ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो ।’

    यसअनुसार पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । उपाध्यक्ष महराले भने, ‘ गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला ।’