दमौली । देवघाट गाउँपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४१ औ मगर दिवसका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, शैक्षिक संस्था बन्द रहनेछ ।
यसअघि जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।