पुलजीपबाट लागुऔषध सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुलजीपबाट लागुऔषध सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, मंगलवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

    वीरगञ्जबाट पोखरा तर्फ आउँदै गरेको ना ४ ख २५४९ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१८ बस्ने १८ वर्षीय विशाल सराव र कास्कीको पोखरा महानगरपालिका-१५ बस्ने ५४ वर्षीय जितेन्द्र गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

    विशालको साथबाट डाइजेपाम १००, फेनरागन १००, नुफिन १०० गरी ३०० एम्पुल बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा गुरुङ समेतलाई पक्राउ गरिएको हो ।

    दुवै विरुद्ध तनहुँ अदालतमा पॉच दिनको म्याद थप गरिएको छ ।