जब केपी ओली मकै पोलेको ठाउँमा ओर्लिए (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जब केपी ओली मकै पोलेको ठाउँमा ओर्लिए (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री जनसम्बन्ध स्थापित गर्न माहिर छन् । जस्तोसुकै उमेर समूहकासँग उनी सजिलै घुलमिल हुन सक्छन् । उनको यस्तो स्वभावबारे समर्थकहरुले खुलेर प्रशंसा गर्छन् भने आलोचकहरुले भने सस्तो लोकप्रियताका लागि गरिएको टिप्पणी पनि गर्छन् ।

    आज पनि ओलीले विद्यालयका बालबालिकाहरुसँग बाटाेमै भेट मात्रै गरेनन् सँगै मकै पनि खाए ।  उनले आफू पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कँदै गरेका बालबालिकाहरुसँग रमाइलो भेट गर्ने अवसर मिलेको बताए । त्यसै क्रममा नजिकै मकै पोलेर बेचिरहेकी महिलासँग मकै किनेर पनि ओलीले खाएको उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित लेखेका छन, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’ (नेपाल प्रेस)