स्ववियु निर्वाचन : आदिकविकाे सभापतिमा चार जनाकाे उम्मेदवारी (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु निर्वाचन : आदिकविकाे सभापतिमा चार जनाकाे उम्मेदवारी (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७९, शनिबार

    दमाैली । आगामी चैत ५ हुने स्ववियु निर्वाचनका लागि व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन अन्तर्गत शनिबार मनोनयन दर्ता रहेकामा चार जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सहकार्य गरेका छन् । त्यस्तै नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल दर्ता गरेको छ भने अनेरास्ववियुले एकल उम्मेदवारी दर्ता गरेको छ ।

    अनेरास्ववियुबाट सभापतिमा सविन लामिछाने, सचिवमा शिव विश्वकर्मा, कोषाध्यक्षमा आशिष पौडेल र सदस्यहरुमा आयुस गुरुङ, सङ्गम सुर्खाली, सङ्गिता थापा, अनुप पन्थ, धु्रव विक, करुणा ढकाल, सुनिता विक र रफिक मियाँको उम्मेदवारी दर्ता भएको छ ।

    नेविसङ्घ तथा अखिल क्रान्तिकारी संयुक्त प्यानलबाट सभापतिमा गौरव पन्थ, सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा दिनेश विश्वकर्मा र सदस्यहरुमा प्रवेश चन्द, सुस्मिता श्रेष्ठ, कोपिला विक, निलिमा थापा, विकास थापा, सुनिल रानाभाट, प्रमिशा शाही र अर्चनाकुमारी शाहको उम्मेदवारी दर्ता भएको छ ।

    त्यस्तै (अनेरास्ववियु) र (क्रान्तिकारी) बाट सभापतिमा विशाल रुचाल, सचिवमा राहुल नेपाली, कोषाध्यक्षमा समिा विक र सदस्यहरुमा पर्वतबहादुर सेढाइ, अशोक रुचाल, योगेन्द्र थापा, सुशान्त थापा, अनिता गुरुङ, बसन्त थापा, सुजन खड्का र सविता नेपालीको उम्मेदवारी परेको छ ।

    त्यस्तै स्वतन्त्र रुपमा सुनिल मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।