तनहुँ-१ को उपनिर्वाचनमा रामचन्द्र पोख्रेलको दावी, भने – मलाई न्याय गरिनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ को उपनिर्वाचनमा रामचन्द्र पोख्रेलको दावी, भने – मलाई न्याय गरिनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    दमौली । तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले दावी गरेका छन् । तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुने यो क्षेत्रमा पोख्रेलले दावी गरेका हुन् ।

    संविधानसभा सदस्य रहेका पोख्रेलले रिक्त स्थानमा हुने उप निर्वाचनमा दृढ संकल्पका साथ उमेदवारीका लागि दावी गरेको गरेको बताए ।

    २०४६ मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनर्थापना भए पश्चातदेखि प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचन लड्ने संकल्प लिएको उनले बताए । उनले भने, ‘मलाई एक पल्ट प्रत्यक्ष निर्वाचन लडने अवस दिईनु पर्दछ भन्ने मेरो दावी छ । पार्टीको केन्द्रदेखि सबै तहसँग हात जोडेर विनम्र अनुरोध छ, मलाई न्याय गरिनु पर्दछ ।’