ऑबुखैरेनीबाट लागुऔषध सहित तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट लागुऔषध सहित तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँको ऋषिङ गाउँपालिका–१ सपाङ्दी बस्ने २१ वर्षीय आकाश गाहा मगर र तनहुँको देवघाट गाउँपालिका–२ बैदी बस्ने २१ वर्षीय सुरज थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    बसमा सवार महेशको साथबाट एक सय थान डाइजेपाम, एक सय थान एम्पुल र एक सय थान नुर्फिन गरी तीन सय थान लागुऔषध बरामद भएको छ । त्यस्तै सोही बसमा सवार आकाशको साथबाट १५ थान डाइजेपाम, १५ थान फेनरागन र १५ थान नुर्फिन गरी ४५ थान लागुऔषध बरामद भएको छ ।

    प्रहरीले सुरजलाई लागुऔषध कारोवारको संलग्नको अभियोगमा पक्राउ गरेको हो । पक्राउ परेका तीन जना विरुद्ध मंगलबार नै तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।