स्ववियु निर्वाचन : शहीदकृष्णमा नेविसंघको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    स्ववियु निर्वाचन : शहीदकृष्णमा नेविसंघको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दुलेगाैडा । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित शहीद कृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचन अन्तर्गत उक्त क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो ।

    सभापतिमा विष्णुबहादुर अधिकारी २७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे ।

    सचिवमा नेविसंघकै शालिग्राम पोख्रेल २७ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

    सदस्यहरुमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) की सुष्मा माकिम निर्विरोध निर्वाचित भइसकेकी छन् ।