एल क्लासिको : रियललाई हराउँदै बार्सालाई १२ अंकको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एल क्लासिको : रियललाई हराउँदै बार्सालाई १२ अंकको अग्रता

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    बार्सिलोना । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाउन सफल भएको छ ।

    बार्साको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रियलले लिएको थियो । भिनिसियस जुनियरको क्रसलाई रोनाल्ड अरुहोले आफ्नै पोस्टमा छिराएपछि खेलको नवौँ मिनेटमा नै रियलले गोल गरेको थियो । तर, पहिलो हाफको अन्त्यमा सर्जी रोबर्टोले खेल बराबरी गरे ।

    दोस्रो हाफमा मार्को असेन्सियोको अफसाइड भन्दै रद्द गरिएको थियो । त्यसपछि खेलको ९२ औँ मिनेटमा केइसीले गोल गर्दै बार्सालाई ३ अंक दिलाए । १२ खेल बाँकी रहँदा बार्सा सन् २०१८–१९ सिजनपछि पहिलोपटक ला लिगा जित्ने नजिक पुगेको छ । २६ खेलपछि बार्साको ६८ अंक रहेको छ भने साबिक विजेता रियल ५६ अंकमा सीमित बनेको छ ।