पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष शर्मालाई पितृ शाेक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष शर्मालाई पितृ शाेक

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    दमाैली । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष साेनी शर्मालाई पितृशाेक परेकाे छ । शर्माका पिता चन्द्रप्रसाद पन्थकाे ८४ वर्षकाे उमेरमा साेमबार बिहान निधन भएकाे हाे ।

    व्यास-१४ छाब्दीस्थित घरमै पन्थकाे निधन भएकाे छ । पन्थ केही समययता दमबाट पीडित थिए । उनी ब्राम्हण समाज छाब्दीका संस्थापक अध्यक्ष पनि हुन् ।

    पन्थकै नेतृत्वमा व्यास-१२ स्थित छाब्दीवाराही आधारभूत विद्यालय स्थापना भएको थियो । पन्थ छाब्दी वाराही विकास कोषका संस्थापक कोषाध्यक्ष हुन् ।

    समाजसेवामा रूची राख्ने पन्थले राम मन्दिर, प्रतिक्षालय, चौतारो, बाटो लगायतका सामाजिक काममा लगानी गरेका छन् ।

    पन्थकाे साेमबार नै देवघाटमा दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।