तनहुँ १ उपनिर्वाचन : नेपाली काङ्ग्रेसमा बाह्र उम्मेदवार सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ उपनिर्वाचन : नेपाली काङ्ग्रेसमा बाह्र उम्मेदवार सिफारिस

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७९, सोमबार

    दमौली। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसबाट बाह्र उम्मेदवार सिफारिस भएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा कार्यसमितिले उम्मेदवारी दिएका सबै उम्मेदवारको नामावली जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

    क्षेत्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले बाह्र उम्मेदवारको नामावली जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको क्षेत्रीय सचिव दयानिधि नरालले जानकारी दिए ।

    उपनिर्वाचनमा उम्मेदवार हुन पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णुबहादुर पन्त, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, पूर्व प्रदेश सांसद सरिता गुरुङ र पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुर अधिकारीले आवेदन दिएका थिए ।

    सिफारिस भएका उम्मेदवारबारे जिल्ला कार्यसमितिमा छलफल पश्चात् प्रदेश हुँदै केन्द्रमा सिफारिस गरिने काङ्ग्रेसले जनाएको छ । नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भन्ने विषयमा आधिकारिक निर्णय नभएको जनाइएको छ।

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।