चैतेदसैंकाे बिदा सदुपयाेग गर्दै शिक्षक तथा विद्यार्थी विद्यालयकै काममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चैतेदसैंकाे बिदा सदुपयाेग गर्दै शिक्षक तथा विद्यार्थी विद्यालयकै काममा

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७९, बुधबार

    दमाैली । गण्डकी प्रदेश सरकारले बुधबार चैतेदसैंकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दियाे । बिदाका कारण सरकारी कार्यालय, विद्यालय, सङ्घसंस्था बन्द रहे ।

    तर तनहुँकाे आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयमा भने बिहानैदेखि शिक्षक तथा विद्यार्थीकाे उपस्थिति थियाे । उक्त उपस्थिति पठनपाठनका लागि नभइ विद्यालयकै कामका लागि थियाे ।

    May be an image of 10 people and outdoors

    कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित भएर सबै कक्षाकाेठाकाे डेस्क, बेन्चमा रङराेगन गर्न व्यस्त थिए । अरु दिन पठनपाठनमा व्यस्त रहनुपर्ने भएकाले बिदाकाे दिन छनाेट गरी डेस्क बेन्चमा रङराेगन गरिएकाे विद्यालयका प्रधानाध्यापक सूर्यमानसिं गुरुङले जानकारी दिए ।

    उनले भने, ‘याे काम खासै ठूलाे कुरा पनि हाेइन, अरु दिनमा पठनपाठनमा लाग्नुपर्दा याे काम गर्न मिलिरहेकाे थिएन । बिदालाई सदुपयाेग गर्दै विद्यालयकाे काम गर्न पाउँदा विद्यार्थी तथा शिक्षक पनि खुसी हुनुहुन्छ ।’

    May be an image of 6 people and outdoors