काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर शुक्रवार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
बिहीवारै मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक्रवारमा सरेको छ ।
बिहीवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रवार मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएर शुक्रवार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।