फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७९, बिहीबार

    काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमा पुगेको छ। 

    सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ६ वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा पुगेको हो।

    विश्वकप उपविजेता फ्रान्स भने दोस्रो स्थानमा पुगेको छ। ब्राजिल भने तेस्रो स्थानमा झरेको छ।

    पछिल्ला दुई मैत्रीपूर्ण खेलमा जित हात पारेसँगै अर्जेन्टिना शीर्ष स्थानमा पुगेको हो। अर्जेन्टिनाले पानामालाई (२-०) र कुराकाओ (७-०) लाई हराएको थियो। यता ब्राजिल भने मोरक्कोसँग २-१ ले पराजित हुँदा दुई स्थान तल झर्‍यो।

    फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० र आयरल्यान्ड्सलाई १-० गोलले हराएको थियो।

    वरीयतामा बेल्जिमय चौथो स्थानमा छ भने पाँचौ स्थानमा इंग्ल्यान्ड रहेको छ। छैटौं स्थानमा नेदरल्यान्ड्स, सातौं स्थानमा क्रोएसिया, आठौं स्थानमा इटाली, नवौं स्थानमा पोर्चुगल र दशौं स्थानमा स्पेन रहेका छन्।

    वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। नेपाल वरीयताको १७४ स्थानमा छ। साफमा देशमध्ये वरीयतामा अघि रहेको भारत विश्व वरीयतामा १०१औं स्थानमा छ। माल्दिभ्स १५४ औं स्थानमा छ भने भुटान १८५‍औं, बंगलादेश १९२औं,  पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्।