तनहुँ लोकतन्त्रवादीको गढ हो, हामीले सबैको सदभाव पाउँछौ : डा. वाग्ले (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ लोकतन्त्रवादीको गढ हो, हामीले सबैको सदभाव पाउँछौ : डा. वाग्ले (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७९, शुक्रबार

    दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँमा आफूहरुले सबैको सदभाव पाउने बताएका छन् । शुक्रबार दमौलीमा पत्रकार भेटघाटमा वाग्लेले सबै दलका शुभचिन्तक र युवा वर्गको आफूहरुले माया पाएको बताए ।

    ‘हामीले सबैको माया, सदभाव पाएका छौ, यो नै मेरो जितका आधार हो,’ उनले भने । तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई थियो । ‘यहॉका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ,’ उनले भने।

    टुरिष्ट उम्मेदवार भन्ने प्रश्नमा वाग्लेले भने, ‘सीमा भनेको मानिसले कोरेका मानचित्र मात्रै हो, शंकर भण्डारी मादी पारी गएर चुनाव लड्नुभाछ, म मर्स्याङ्दी पारिको स्वर्णिम वाग्ले यहॉ आउन नहुने ? प्रदीप पौडेल जी काठमाडौ गएर चुनाव लड्नुभयो. उहॉलाई जिताउन लाग्नेमध्ये म पनि एक हूँ ।’

    चुनाव स्वस्थ प्रतिस्पर्धाबाट लड्ने बताउँदै वाग्लेले आरोप प्रत्यारोप नगर्ने बताए । जनताका आंकाक्षामा लय मिलाएर अघि बढ्ने वाग्लेले प्रतिबद्धता व्यक्त गरे ।