लियाे सत्यवतीकी अध्यक्ष पूर्णिमाद्वारा जन्मदिनमा पुस्तकालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    लियाे सत्यवतीकी अध्यक्ष पूर्णिमाद्वारा जन्मदिनमा पुस्तकालय स्थापना

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बुधबार

    दमाैली । लियाे क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष पूर्णिमा क्षेत्रीले जन्मदिनकाे अवसरमा एक विद्यालयमा पुस्तकालय स्थापना गरेकी छन् । क्षेत्रीले जन्मदिनकाे अवसरमा ऋषिङ गाउँपालिका-५ राम्जाकाेटस्थित महेन्द्राेदय माध्यमिक विद्यालयमा बुधबार पुस्तकालय स्थापना गरेकी हुन् ।

    साे अवसरमा उनले पुस्तकालयका लागि विभिन्न पुस्तक हस्तान्तरण गरेकी छन् । साथै उनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई एक थान सुक्ष्मदर्शक यन्त्र समेत प्रदान गरेकी छन् ।

    जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक काम गर्न रुची लाग्ने क्षेत्रीले बताइन् ।