कार्यालय समयमा तास खेल्ने नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कार्यालय समयमा तास खेल्ने नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बिहीबार

    काठमाडौ । महानगरपालिकाका नगर प्रहरी बलका केही कर्मचारी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा फेला परेका छन्। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको महानगर श्रोतले जनाएको छ।

    बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा भेटिएका थिए। उनीहरू प्रहरी बलको पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ। 

    यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानिया रहेका छन्। बानिया भने कम्पनी करारमार्फत् नगर प्रहरीमा आएका थिए।