रास्वपा मिसन २०८४ मा लाग्छ : रवि लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा मिसन २०८४ मा लाग्छ : रवि लामिछाने

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका छन्। पार्टी कार्यालयमा शुक्रबार भएको संयुक्त बैठकले जनताको म्यान्डेटअनुसार प्रतिपक्षमा बस्ने निर्णय भएको उनको भनाइ छ।

    ‘उपनिर्वाचनमा जनताले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेड दिएको छ। जनताको जनभावनाअनुसार द्रूत गतिमा अगाडि बढ्छौं,’ उनले भने, ‘पहिलो रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र दोस्रो, संगठन विस्तारमा लाग्ने।’

    उनले यसअघिको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम जनभावना अनुसार भए पनि अहिले त्यो नरहेपछि प्रतिपक्षमा आउनुपर्ने स्पष्ट पारे। 

    उनले पार्टी अब मिशन २०८४ मा लाग्ने बताए। ‘हामी अरु कुराभन्दा पनि मिशन २०८४ अभियानमा लाग्नेछौं। त्यसका लागि संगठन विस्तार अभियानमा जुट्नेछौं। जनताको भावनाअनुसार काम गर्नेछौं।’