धादिङको नौकिलामा सुख्खा पहिरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङको नौकिलामा सुख्खा पहिरो

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित नौकिलामा सुक्खा पहिरो गएको छ। 

    आज बिहान ८ बजेबाट पहिरो खस्न थालेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बमले जानकारी दिए।

    पहिरो खसेपछि केहीबेर एकतर्फी सडक सञ्चालन भएको थियो। पहिरो नरोकिएपछि प्रहरीले दुबैतर्फको सवारी रोकेको थियो।

    ‘अहिले दुवैतर्फ सवारी रोकेर पहिरो पन्छाउने काम भइरहेको छ,’ प्रहरी निरीक्षक बमले भने।  

    पहिरो पन्छाउन २० देखि २५ मिनेट लाग्ने उनले बताए। 

    माथिबाट थप पहिरो खस्ने सम्भावना रहेनरहेको अवलोकनपछि सवारी आवागमन दुईतर्फी खोलिने उनले जानकारी दिए।