इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८०, शुक्रबार

    एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

    बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै  उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

     खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर  गरेको हो। 

    यो आदेशसँगै पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।