पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको हो ।
शुक्रबार नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मन्त्री नियुक्त भए । नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली पनि मन्त्री बनेका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले सपथको लिन भोलिपल्ट नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओेवादीबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा उनीहरु विनाविभागीय थिए ।
७ सदस्यीय मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै मन्त्रालय पनि तोेकिएको छ । माओवादीबाट मन्त्री बनेको सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाएकी छन् । कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, रेशमबहादुर जुग्जालीले भौतिका पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, जीतप्रकाश आलेले आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पाएका छन् ।