मन्त्री जुग्जालीकाे पहिलाे निर्णय : प्रादेशिक रणनीतिक सडक याेजनाकाे प्रतिवेदन पेश गर्न कार्यदल गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री जुग्जालीकाे पहिलाे निर्णय : प्रादेशिक रणनीतिक सडक याेजनाकाे प्रतिवेदन पेश गर्न कार्यदल गठन

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८०, शुक्रबार

    पाेखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले पदभार ग्रहण गरेका छन् । शुक्रबार मन्त्रीकाे शपथ लिएसँगै मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    मन्त्री जुग्जालीले प्रादेशिक रणनीतिक सडक याेजनाकाे प्रतिवेदन पेश गर्न सचिवकाे संयाेजकत्वमा पाँच सदस्यीय कार्यदल निर्माण गर्ने पहिलाे निर्णय गरेका छन् । उक्त कार्यदललाई दुई महिनाकाे समय दिइएकाे छ ।