काठमाडौ । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रकृयाको छानबिन गर्न माग गरेका छन् । श्रेष्ठले विचौलियाको सेटिङमा लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको र अबौं रुपैयाँ भ्रष्टचार भएको सुनिएको भन्दै छानबिनको माग गरेका हुन् ।
उनले भने, ‘सफल सञ्चालनमा रही अर्वौं नाफामा रहेको सार्वजनिक संस्था नेप्से सिध्याउने ग्रान्ड डिजाइन र यसभित्र भएको भ्रष्टचारको छानविन र दोषीलाई कारवाही होस् । यसमा जनदबाब र खबरदारी गरौं ।’
भ्रष्टाचारको ‘अर्को काण्ड’ का रुपमा आएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने सरकारको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालविरुद्ध निर्धक्क छानबिन र कारवाही अघि बढाउने वर्तमान सरकार, त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्रीको हिम्मत प्रशंसनीय रहेको उनले बताए ।