शरणार्थी प्रकरणमा पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शरणार्थी प्रकरणमा पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८०, आईतवार

    काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । 

    प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेलगायतका व्यक्ति पक्राउ परिसकेका छन् । एमाले सचिव टाेपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएदेखि बेपत्ता छन् । 

    उनकाे नेपाल र भारतमा खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।