अरण्यज्योति कप क्रिकेटको उपाधि तनहुँलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अरण्यज्योति कप क्रिकेटको उपाधि तनहुँलाई

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८०, सोमबार

    दमौली । अरण्यज्योति क्रिकेट क्लवको आयोजनामा पोखरामा सञ्चालित अरण्यज्योति कपको उपाधि तनहुँले जितेको छ । पोखरामा सोमबार सम्पन्न फाइनलमा आयोजकलाई पराजित गर्दै तनहुँले उपाधि जितेको हो ।

    उपाधिसँगै विजेता तनहुँले ८० हजार र ट्रफी प्राप्त गरेका छन् । उपविजेताले ४० हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् ।

    आइतबार भएको सेमिफाइनलमा तनहुँले बागलुङलाई पराजित गरी फाइनल पुगेको थियो । त्यस्तै अरण्यज्योतीले सांग्रिला क्रिकेट क्लवलाई पराजित गरी फाइनल पुगेको थियो ।

    तनहुँले पछिल्लो एक वर्षमा तीन वटा उपाधि जितेको छ। बागलुङमा भएको शहीद कप क्रिकेट प्रतियोगितामा प्रथम, कास्कीमा भएको छनोट खेलमा प्रथम र नवलपुरमा भएको मेयर कपमा तनहुँ उपविजेता भएको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिए ।