राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बिहीबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।

    मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

    May be an image of 5 people

    सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे। गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए ।

    May be an image of 1 person and crowd
    May be an image of 4 peopleMay be an image of 4 people