कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौ । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू लक्षित गरि सूचना प्रविधि (आईटी)बारे जानकारी दिन एक साता लामो वर्कशप आयोजना गर्ने भएको छ । वर्कशप मे २८ देखि जुन ३ सम्म चल्ने कलेजले जनाएको छ ।

    कक्षा १२ का विद्यार्थीहरू यतिखेर वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । उनीहरूलाई लक्षित गरि वर्कशप आयोजना गर्न लागिएको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

    वर्कशपमा आईटी विषयमा अध्ययन गरिरहेका मात्र नभई अन्य विषयमा अध्ययन गरेकाहरू समेत सहभागी हुन सक्नेछन् । स्नातक तहमा जुनसुकै विषयमा अध्ययन गर्ने सोच बनाएको भएपनि यो वर्कशपमा सहभागी हुँदा आइटीसम्बन्धी ज्ञान पाइने कलेज प्रमुख पौडेलको भनाइ छ ।

    वर्कशप आइटीका लागि मात्र नभई अन्य जुनसुकै क्षेत्रमा काम गर्नका लागि सहयोग सिद्ध हुने कलेजको विश्वास छ  ।

    सहभागीताका लागि विद्यार्थीहरूले लिंक (https://forms.gle/ATa9Q8doaRAUjE4Y7)मा क्लिक गरि रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

    सूचना प्रविधिसम्बन्धी विद्यार्थीहरूको बढ्दो चासो थप उजागर गर्न तथा यस क्षेत्रमा करिअर शुरू गर्नका लागि वर्कशपले सहयोग गर्ने कलेजले जनाएको छ । विद्यार्थीहरूका लागि यो वर्कशप निशुल्क हुने छ ।

    वर्कशपको सात दिनसम्म सूचना प्रविधिसँग सम्बन्धित विभिन्न फरक विषयवस्तुमा प्रशिक्षण गरिने कलेजले जनाएको छ । विद्यार्थीहरूले दिउँसो २:३० देखि ४ बजेसम्म वर्कशपमा सहभागी हुनुपर्नेछ ।

    नेपालको प्रतिष्ठित सफ्टेड ग्रुप अफ कम्पनी अन्तर्गत रहेको यस कलेजले विद्यार्थीहरूको क्षमता विकास तथा अवसर सिर्जनाका लागि विविध कार्यक्रमहरू गर्दै आइरहेको छ ।

    सोही कार्यक्रम जस्तै यस पटक कलेजले विद्यार्थीहरूका लागि सूचना प्रविधिमा थप क्षमता अभिवृद्धि होस् भन्ने हेतुले यो वर्कशप आयोजना गरेको हो ।