आर्थिक वर्ष सकिनै लाग्दा काम छाडेर शुक्लागण्डकीका प्रमुख, उपप्रमुख र हाकिम चीन भ्रमणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आर्थिक वर्ष सकिनै लाग्दा काम छाडेर शुक्लागण्डकीका प्रमुख, उपप्रमुख र हाकिम चीन भ्रमणमा

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शनिबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नगरपालिकाको काम छाडेर चीन भ्रमणमा निस्किएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको ठेक्का लिएको चिनीयॉ कम्पनीको सहयोगमा शुक्लागण्डकीको टिम चीन भ्रमणमा निस्किएको हो ।

    करिब एक साता अघिदेखि नै उक्त टोली चीनमा छ । चीनका विभिन्न शहर घुमघाममा टोली व्यस्त छ ।

    नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपाने र सचिवालय कर्मचारी त्रिलोचन लम्साल चीनमा छन् ।

    आर्थिक वर्ष सकिनै लाग्दा नगरपालिकाको नियमित काम छाडेर सिंगै पालिकाको टिम चीन गएपछि आलोचना भएको छ । नयॉ वर्षको बजेट, नीति तथा कार्यक्रम बनाउनुपर्ने बेला महत्वपूर्ण काम छाडेर सडकको ठेकेदारको खर्चमा चीन घुमघाममा व्यस्त रहेपछि नगरवासी असन्तुष्ट छन् ।

    आर्थिक वर्षको अन्तिममा योजनाको अनुगमन, कामको भुक्तानी दिनुपर्नो बेला हाकिमलाई समेत लिएर घुम्न निस्कनु उचित नभएको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्तले बताए । ‘अहिले भ्रमणमा जाने उपयुक्त समय होइन, अहिले नगरपालिकाको विकासका लागि बजेट माग्दै सरकारको ध्यानाकर्षण गराउने बेला हो,’ उनले भने ।

    शुक्लागण्डकी नगरपालिकाका विभिन्न शिक्षकको सरुवा गरेर उक्त टोली भ्रमणमा निस्किएको थियो । उक्त सरुवा पनि विवादित बनेको छ । शिक्षकहरुले उच्च अदालत पोखरामा रिट दर्ता गरिसकेका छन् ।

    पन्तको भनाई जस्ताको तस्तै