म्याग्दीमा उत्कृष्ट बन्यो डिभिजन वन कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    म्याग्दीमा उत्कृष्ट बन्यो डिभिजन वन कार्यालय

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, सोमबार

    पाेखरा । म्याग्दी जिल्लाका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट नमूना कार्यालय घोषित भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालययमध्ये म्याग्दीमा डिभिजन वन कार्यालयलाई उत्कृष्ट नमूना कार्यालय घोषित गरी पुरस्कृत गरेको हो ।

    गणतन्त्र दिवसको अवसरमा पोखरामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिभिजन वन प्रमुख मनोज रानाभाटलाई प्रमाणपत्र र नगद रु ३० हजार प्रदान गरे ।

    नमूना कार्यालय छनोट कार्यविधि, २०७८ बमोजिम डिभिजन वन २०७९ सालको उत्कृष्ट नमूना कार्यालय बन्न सफल भएको हो ।

    डिभिजन वन प्रमुख रानाभाटले कार्यालयको सम्पूर्ण टिमका कारण कार्यालय उत्कृष्ट बन्न सफल भएको बताए ।