बालेनको व्यंग्य– सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनको व्यंग्य– सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    काठमाडौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।

    आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसद विकास कोषअन्तर्गत सांसदले ५ करोड खर्च गर्न पाउने प्रावधान पुनः राखेपछि बालेनले व्यंग्य गरेका हुन् ।

    सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो’, उनले भनेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ।’

    अघिल्लो वर्ष कटौतीमा रहेको यो कोष फेरि बजेटमार्फत् ब्युत्याइएपछि सार्वजनिक रुपमा विरोध भएको छ ।