बन्दीपुरमा महायज्ञ सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा महायज्ञ सुरु

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८०, बुधबार

    दमाैली । बन्दीपुरमा बुधबारदेखि महायज्ञ सुरु भएको छ । महायज्ञकाे एक कार्यक्रमका बीच समाजसेवी सन्तकुमार श्रेष्ठले उद्घाटन गरे ।

    महायज्ञकाे उद्घाटन गर्दै श्रेष्ठले बन्दीपुर बिविध बिशेषताले भरिपुर्ण ठाउँ भएको बताए । हामीलाई प्रकृतिले सुन्दर ठाउँ दिएको बताउँदै उनले यसलाई जाेगाउँदै पर्यटक भित्र्याउन सक्नुपर्ने उनले बताए ।

    नेपाली काङ्ग्रेस तनहुँका उपसभापति एवम् उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले सबै बन्दीपुर बासि एकजुट भए महायज्ञ सफल हुने र उद्धेश्य पूरा हुने बताए ।

    उद्योग बाणिज्य संघ बन्दीपुर इकाईका सभापति घनश्याम उपाध्यायकाे सभापतित्वमा भएको कार्यक्रमा पण्डित दिपक पाैडेल , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ , बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरूङ , किसन प्रधान, कर्णबहादुर खत्री, विकास खनाल लगायतका बक्ताहरूले बाेलेका थिए ।

    सामाजिक संस्थाकाे ईकाइ भवन निर्माण एवम् जग्गा खरिद सहयाेगार्थ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महाेत्सव आयाेजना गरिएको हाेटल संघ बन्दीपुरकी सभापति संगिता प्रधानले बताइन् ।

    बन्दीपुर पर्यटन बिकास समिति , तनहुँ उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाई , क्षेत्रीय हाेटल संघ बन्दीपुर इकाई र रेवान बन्दीपुरकाे आयाेजनामा श्रीमद्भागवत महापुराण बन्दीपुरकाे टुंडिखेलमा सुरु भएको हाे ।

    कथा शिरोमणि पण्डित दिपक प्रसाद पाैडेलकाे मुखारबिन्दु बाट वचन हुने यज्ञकाे उद्घाटन कार्यक्रम विभिन्न झाँकि सहित कलश यात्रा गर्दै बजार परिक्रमा गरिएको थियो ।