आइटिएफ तेक्वान्दो : तनहुँलाई पाँच स्वर्णसहित १३ पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइटिएफ तेक्वान्दो : तनहुँलाई पाँच स्वर्णसहित १३ पदक

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८०, मंगलवार

    दमाैली । आइटिएफ तेक्वान्दो गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा तनहुँले पाँच स्वर्ण सहित १३ पदक जितेको छ । तनहुँले पाँच स्वर्ण, चार रजत र चार कास्य पदक जितेको हो ।

    प्रदेश खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो ।

    उक्त प्रतियोगितामा भिमाद नगरपालिकाकी मोनिका कुंवरले महिला उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेकी छन् । उनले एकल प्याट्रन र स्पारिङमा एक स्वर्ण र एक कास्य पदक जितिन् ।

    तनहुँका जेनिशा गुरुङले ग्रिन बेल्ट एकल प्याट्रनमा स्वर्ण, बन्दना तामाङले ६०–६५ केजी एकल स्पाइरिङमा स्वर्ण, सलका श्रेष्ठले निलो पेटी एकल प्याट्रनमा स्वर्ण र आरजु थापाले हरियो पेटी एकल स्पाइरिङ जुनियरमा स्वर्ण पदक जिते ।

    त्यस्तै अजिता विकले ७० केजीमाथि एकल स्पाइरिङ, अभियान थापाले रेड बेल्ट एकल प्याट्रन, मनिषा केसीले रेड बेल्ट एकल प्याट्रन र ४६–५० केजी एकल स्पाइरिङमा रजत पदक जिते ।

    सुवास रन्तिजाले ५१–५५ एकल स्पाइरिङ, आइशा रानाले ५६–६० केजी एकल स्पाइरिङ र दिविशा श्रेष्ठले ५१–५५ केजी एकल स्पाइरिङमा कास्य पदक जितेकाे तनहुँ आइटिएफ तेक्वान्दाे सङ्घका अध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए ।