नेपाली भाषाका प्रणेता ,एकीकरणकर्ता राष्ट्रिय विभूती आदीकवी भानुभक्त आचार्यको हामी २१० औं जन्मजयन्तिको संघारमा छौं।खुशीको कुरा सधैं झैं सुस्ताएको चुँदीरम्घा सल्बलाउन थालेको छ।आवत-जावत बाक्लिन थालेको छ।बल्ल पत्रकार मित्रहरू सँग सम्पर्क हुन थालेको छ।
साहित्यलाई नजिकबाट बुझ्नेहरूका लागि पवित्र तिर्थस्थल हो चुँदी रम्घा ,तर हामी स्थानीयहरूका लागि बढो पिडाबोध क्षेत्र हो।स्थानीयलाई अपेक्षा थियो चुँदी रम्घाले बढो तेज गतिमा उन्नती गर्छ।साहित्यिक पर्यटन विकास र साहित्यको विविध आयामहरूले चुँदी रम्घालिहरूको आर्थिक विकास,सृजनशिलता अभिबृद्धी र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउनेछ तर त्यस्तो भएन राज्यले धेरै ब्यबस्था परिवर्तन गरिसक्दा पनि उहीँ मुखाकृतीका साथ भानुभक्तको जन्मस्थलमा फिक्का हाँसो पोतेर विकासलाई गिज्याईरहेका चुँदी रम्घालिहरू देख्दा बढो टेस लाग्छ।लाग्छ उनीहरू अभिभावक (राज्य)विहिन जस्तै छन्।चुँदी रम्घा सम्भावना नै सम्भावनाको क्षेत्र हो!उर्वरभुमि ,घना जङ्गल,वरपर धार्मिक ,ऐतिहासिक स्थलहरू ,नजिकबाट हुईकिने पृथ्वी राजमार्ग र उत्तरमा मनोरम हिम शृङ्खला बढो सुन्दर छटा छ प्रकृतिको।तर पनि कुरूप राजनितिले पुर्णिमाको चन्द्रमालाई बादलले ढाकेको जस्तै गरि ढाकेको छ चुँदी रम्घा!बाजले कुखुराको चल्ला गाजेंको जस्तै गरि गाजेंको छ चुँदी रम्घालाई।
चुँदी रम्घा विशुद्ध साहित्यको नारा लिएर यो दल-दलबाट स्वतन्त्र हुन चाहान्छ।चुँदी रम्घालाई विकासको नारा(आश्वासन )सँग जोड्नेहरू आज सम्म प्रशस्तै भेटिए,अझैं थपिदै जानेछन् यद्यपि योगदान भनें आफू मातहतको मानिसलाई त्यही भानु जन्मस्थलको कार्य समिती सदस्य बनाउनू र कार्यकारी बनाउनू बाहेक केही छैन।साहित्यको उन्नयनमा,चुँदी रम्घाको प्रचार ,प्रसार र भानुभक्त सँग संवद्ध स्थलहरूको संरक्षण,संवर्द्धनमा भानु जन्मस्थलको वार्षिक प्रगती खोजौं।केहि मानिसहरू भानुभक्तलाई आफ्नै निजी पेवा सम्झन्,आफू अनुकूल व्याख्या विश्लेषण गर्छन्।यो उनिहरूको दरिद्र सोचाइ हो।
यी र यस्ता भ्रम चिर्न पनि खोज अनुसन्धानलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ। हाम्रा कयौं लगानीहरू यसै गरि निरर्थक बनिरहेका छन्।निश्चित उद्धेश्यका साथ स्थापना भएका संस्थाहरू प्रगती बिहिन हुनु पनि एक किसिमको अनियमितता हो।राज्य र स्थानीय प्रती गरिएको गद्दारी हो।कला,धर्म,संस्कृति,साहित्य,इतिहास र विकासका पक्षधर सँग राजनिती जोडिनुको नतिजा सिङ्गो चुँदी रम्घाले बेहोर्नु परेको छ,बेहोरीरहेको छ।केही सिमित ब्याक्तिहरूले निजि स्वार्थका लागि पनि भानुभक्तका नाउँमा राजनिती गरिरहेका छन्।चुँदी रम्घा माथी प्रहार गरिरहेका छन्।के यो चुँदीरम्घा,कला,साहित्य र भानुभक्त प्रति कै अपमान होइन?भानु ब्राण्ड हुन । उनका नाउँमा विभिन्न संघ संस्थाहरू स्थापित छन् ,जति स्थापित छन सबै फ्लप छन । एउटा सिङ्गो स्थानीय निकाय नै उनकै नाउँबाट नामाकरण गरिएको छ। तथापी उनलाई ,उनको प्रसिद्धिलाई समयानुकूल चलयामान,दीगो आकर्षणको विन्दु गराउन वार्षिक के कति कार्यक्रम संचालन गर्छ, कति रकम विनियोजन गर्छ सोधौं?प्रदेश र केन्द्र सरकारको कुरै छोडौं स्थानीय सरकारले पनि भानुभक्त प्रती देखाएको यो उपेक्षाकृत व्यवहार ज्यादै निन्दनीय छ।