काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपियाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता स्थानीय बासिन्दाका लागि बिक्री गर्न लागिएको हो । त्यस्तै १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गरिएको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. २०६ रुपियाँ दरमा आईपीओ बिक्री गर्न लागेको हो ।