गाउँपालिकाका अध्यक्ष चुमानद्वारा जन्मदिनमा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाउँपालिकाका अध्यक्ष चुमानद्वारा जन्मदिनमा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८०, बुधबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो जन्मदिनमा स्वर्गीय दाइको स्मृति स्वरुप अक्षयकोष स्थापना गरेका छन्।

    चुमानले स्वर्गीय दाइ आकाश चुमानको नाममा आँबुखैरेनी क्याम्पसमा रु एक लाख एक हजार एक सय एकको अक्षयकोष स्थापना गरेका हुन्। क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यसहित अध्यक्ष चुमानले उक्त रकमको चेक बुधबार क्याम्पस प्रमुख बाबुराम देवकोटालाई हस्तान्तरण गरेका हुनः।

    अध्यक्ष चुमानले भनो, “जन्मदिनमा फजुल खर्चको साटो क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यसहित अक्षयकोष स्थापना गरेको हूँ ।” अध्यक्ष चुमानका दाइले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका थिए ।