संसद चल्दैन, बार्गेनिङ मात्र चल्छ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद चल्दैन, बार्गेनिङ मात्र चल्छ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले संसद बार्गेनिङ गर्ने थलो बनाइएको बताएका छन् ।

    उनले जनसरोकारका कयौ मुद्धामा छलफल र निर्णय गर्नुपर्ने बताउँदै संसदमा बार्गेनिङ मात्रै गरिएको उल्लेख गरे। उनले भने, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ ।’