होटल व्यवसायी संघद्वारा प्रहरी निरीक्षक सुवेदीलाई स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    होटल व्यवसायी संघद्वारा प्रहरी निरीक्षक सुवेदीलाई स्वागत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । होटल व्यवसायी संघ तनहुँले इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीलाई स्वागत गरेको छ । हालैमात्र सरुवा भई आएका सुवेदीलाई स्वागत गर्दै संघले परिचयात्मक कार्यक्रम गरेको हो ।

    सो क्रममा संघका अध्यक्ष दुर्गाविलास भट्टराई, सल्लाहकार सुजित हिराचन, केन्द्रीय सदस्य प्रेम श्रेष्ठ लगायतले होटल व्यवसायी र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।

    प्रहरी निरीक्षक सुवेदीले समाजमा शान्ति सुरक्षा कायम गर्न र होटल व्यवसायीको सुरक्षाका लागि प्रहरी सदैव तयार रहेको उल्लेख गरे ।