काठमाडौ । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुख व्यक्त गरेका छन् । श्रेष्ठले नेम्बाङको निधनले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
नेम्बाङको निधनले कम्युनिष्ट आन्दोलन मात्रै होईन सिंगों संसदीय क्षेत्रलाई नै अपुरणीय क्षति हुन पुगेको श्रेष्ठले बताएका छन् ।