सांसद श्रेष्ठद्वारा तीज पर्वको शुभकामना व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठद्वारा तीज पर्वको शुभकामना व्यक्त

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८०, सोमबार

    दमौली । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नेपाली महिलाहरुको महान पर्व तीजको शुभकामना व्यक्त गरेका छन् ।

    सोमबार शुभकामना सन्देशमार्फत् सांसद श्रेष्ठले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्स व्यक्त गरेका छन् ।

    नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको रहेको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी–बहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेका छन् ।