प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८०, शुक्रबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारदेखि आठ दिनका लागि चीनको औपचारिक भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रधानमन्त्री भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

    संयुक्त राष्ट्रसंघीय महासभाका लागि न्युयोर्क गएका प्रधानमन्त्री उतैबाट चीन जाँदै छन् । भ्रमणमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङ र जनसंसद्का अध्यक्ष झाओ लेइजीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले २९ भदौमा संयुक्त राष्ट्रसंघीय महासभा र चीन भ्रमणका विषयमा प्रतिनिधिसभालाई जानकारी दिएका थिए ।

    परराष्ट्र मन्त्रालयले बिहीबार भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री बेइजिङ पुग्दा व्यवसायीसमेत गरी ९० सदस्यीय टोली हुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा परिषद्का सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सहभागी हुनेछन् ।