सर्पले टोकेर घाइते महिलालाई वडाध्यक्ष श्रेष्ठले अस्पताल पुर्याए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    सर्पले टोकेर घाइते महिलालाई वडाध्यक्ष श्रेष्ठले अस्पताल पुर्याए

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८०, बुधबार

    दमौली । सर्पले टोकेर घाइते तनहुँको ऋषिङ गाउँपालिका-७ राइथोक निवासी ५३ वर्षीया प्रितम परियारलाई ऋषिङ-८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आफ्नै गाडीमा अस्पताल पुर्याएका छन् ।

    मंगलबार सॉझ सर्पले टोकर घाइते परियारलाई उपचारका लागि श्रेष्ठले आफ्नै निजी सवारीमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पुर्याएका हुन् ।

    निजको आफन्त कोही नभएकाले श्रेष्ठ सहित कर्मचारी उमाकान्त पौडेल र पुरानथोकका स्थानीय गणेशकुमार श्रेष्ठले घाइते परियारलाई अस्पताल पुर्याएका थिए ।

    चिकित्सकको सल्लाह अनुसार निजको थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको थियो । अस्पतालहरुमा ओपिडी सेवा बन्द रहेका कारण चिकित्सककै सल्लाहमा एक/दुई दिनमा फलोअपमा आउने गरी निजलाई डिस्चार्च गरिएको छ । घाइतेलाई वडाध्यक्ष श्रेष्ठकै सवारीमा पुन: घरसम्म पुर्याइएको छ ।

    वडाध्यक्ष श्रेष्ठले विपन्न एवं समस्यामा परेकालाई निशुल्क सवारी साधन उपलब्ध गराउँदै आएका छन् । उनले बिरामी भएकालाई आफैले अस्पतालसम्म पुर्याउने गरेका छन् ।