इजरायलमा ज्यान गुमाउने नेपालीप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त, बङ्करमा रहेकाकाे उद्धार गर्न सरकारसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इजरायलमा ज्यान गुमाउने नेपालीप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त, बङ्करमा रहेकाकाे उद्धार गर्न सरकारसँग माग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । इजरालयमा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृंखलालाबद्ध आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति पूर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले श्रद्धाञ्जलो व्यक्त गरेका छन् ।

    बारा-४ का प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठले आइतबार राति शाेक सन्देश जारी गरी अनाहकमा ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

    पूर्वमन्त्री श्रेष्ठले घाइतेकाे स्वास्थ्य लाभकाे कामना गर्दै सम्पर्कविहिन भएका खाेजी र बङ्करमा रहेकाहरुकाे छिटाेभन्दा छिटाे उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् । उनले उद्धार र खाेजीमा कुनै कसर बाँकी नरहाेस् भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।