कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसका एक/एक मन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसका एक/एक मन्त्री

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०८०, आईतवार

    काठमाडाै । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्।

    कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्।

    राना नेकपा (एमाले) कोशी संसदीय दलका उपनेता हुन्। कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

    उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ।