गृहमन्त्री श्रेष्ठलाई हृदयघात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्री श्रेष्ठलाई हृदयघात

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

    अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ।‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै  अस्पताल पुर्‍याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’